काठमाडाै। प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् ।
बैठक आज बिहान ९ बजे निजी निवास बूढानीलकण्ठमा बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवासमा बैठक राखिएको छ।
यसअघि शनिबार बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबारका लागि छानबिन प्रतिवेदन बुझाउने समय मागेका थिए । सदस्यता विवादबारे आजकै पदाधिकारी बैठकबाट निर्णय लिने तयारी देउवाको रहेको पौडेलको भनाइ छ।
बैठकबाट अधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने तयारी छ। महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन र क्रियाशील सदस्यता फाइनलबारे बैठकमा छलफल गरी निर्णय लिने तयारी छ।
साउन २२ गतेदेखि कार्यतालिका सुरु हुने गरी निर्णय गरिनेछ। वडा तहको अधिवेशन सुरु भएको ३५ दिनमा केन्द्रीय महाधिवेशन गनुपर्नेमा त्यसलाई बढाएर ५६ दिन पुर्याउने विषयमा पनि छलफल भएको बताइएको छ।
जसका कारण कांग्रेस महाधिवेशन फेरि अनिश्चित बनेको हो। शनिबारको पदाधिकारी बैठकले १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित गरेको थियो।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend