Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज साउन १२ गते मंगलबारको राशिफल


    मंगलबार, साउन १२ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
    आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त होला । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    आज भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाज सेवा र परोपकारका क्षेत्रमा लगानीको समय छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

    घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, शेयर बजारको लगानीमा पनि कमी आउला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    .आज मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

    घरमा नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

    आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

    आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारको लगानीले राम्रै फाइदा देला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
    धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

    बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

    वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हर्ष र प्रसन्नता छाउनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर धार्मिक र सामाजिक काममा सरिक भइनेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । 
    – ज्यो.प. नारायणप्रसाद दुलाल 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार