Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकामा कोरोना सङ्क्रमण दर बढ्दो


    सोमबार, साउन ११ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बासिङ्टन ।  खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेको भन्ने रिपोर्टपछि अमेरिकाका वरिष्ठ स्वास्थ्य विज्ञ एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा गइरहेको बताउनुभएको छ । उहाँले खोप कोभिड–१९ सङ्क्रमण दर रोक्न एउटा उत्तम विकल्प भएको बताउँदै कोरोना भाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा ‘डेल्टा भेरिअन्ट’ बढिरहेको बताउनुभयो ।

    फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन खोप लगाएका व्यक्तिका लागि मास्क अनिवार्य गर्ने निर्देशिका परमार्जन गर्नेबारे पनि कुराकानी भइरहेको बताउनुभयो । उहाँले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउने प्रकारका खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको जानकारी दिनुभयो ।

    अमेरिकामा हालसम्म जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेका छन् । अमेरिकामा दैनिक ४० हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने दैनिक करिब २५० को हाराहारीमा मृत्यु भएको तथ्याङ्क छ । न्यू योर्क टाइम्सले विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । अमेरिकामा हाल सम्म कूल छ लाख नौ हजार ५०८ जनाको निधन भएको छ ।

    अमेरिकामा दैनिक साढे पाँच लाख व्यक्तिका दरले कोभिड–१९परीक्षण गरिएको छ भने पछिल्ला दिनमा कोभिड परीक्षण गर्न अस्पताल जाने को सङ्ख्या १३ प्रतिशतले घटेको छ । अमेरिकामा अहिले २६ हजार ३०२ जना कोरोना सङ्क्रमितले अस्पतालमा भर्ना भई सेवा लिइरहेका बताइएको छ । अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि भएको छ । जुलाई २६ सम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ ।

    अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४८.८ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार