Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • सोमबार डेढ महिनायताकै धेरै संक्रमित थपिए


    सोमबार, साउन ११ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सोमबार डेढ महिनायताकै बढी संक्रमित थपिएका छन् । जेठ २५ गते ५१५३ संक्रमित थपिए पनि त्यसपछि भने संक्रमित भने औसत ३ हजारमा झरेको थियो ।

    पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४० नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३९१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ३२  गर्दा १०३० मा संक्रमण देखिएको छ ।

    कुल १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । 

    थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना कोरोनाबाट मुक्त भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार