Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • बैंकिङ कसुरमा १० लाख जरिवाना र ४ दिन कैद तोकिएकाे फरार अभियुक्त पक्राउ


    आइतबार, साउन १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार बुढानीलकण्ठबाट पक्राउ गरेको छ ।

    उच्च अदालत पाटनको २०७८ साल वैशाख ६ गतेको पैसलाले बुढानीलकण्ठ नगरपालिका-४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारीलाई १० लाख जरिवाना र ४ दिन कैद सुनाएको थियो ।

    भण्डारीले २०७८ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्या मुक्तिनाथ बिकास बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैयाँ बराबरको चेक काटेर दिएकी थिइन् ।

    बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

    भण्डारीलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा आइतबार पेश गरिएको छ भने उनलाई आइतबार नै कारागार चलान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार