काठमाडौं । पछिल्लो २४ घण्टामा ३,११४ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि पछिल्लो २४ घण्टामा थप २,१९७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ६ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा दुई हजार तीन सय नौ र एन्टिजेन परीक्षणमा आठ सय पाँच जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्र ६१५ जना सङ्क्रमित थपिएका छन् । यसमध्ये काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना रहेका छन् ।