Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीद्वारा काठमाडाैंमा र्‍याली


    बिहिबार, साउन ७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । यातायात व्यवसायीहरुले भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित काठमाडौंमा र्‍याली निकालेका छन् ।

    बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्‍यालीले रिङरोड परिक्रमा गर्ने एक व्यवसायीले जानकारी दिए ।

    साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक जामको समस्या देखिएको छ ।

    सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार