Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपराष्ट्रपति पुनद्वारा बकर इदको शुभकामना, सामाजिक सद्भावलाई सुदृढ गर्ने विश्वास


    बुधबार, साउन ६ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्मरण गर्दै ‘इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजाह (बकर–इद)को अवसरमा शुभकामना दिएका छन् । 

    नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उपराष्ट्रपतिले विभिन्न समुदायका चाडबाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताएका छन्। 

    उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘भाइचारा र पारिवारिक मिलनका रुपमा मनाइने इस्लाम धर्मवलम्बीको महान् पर्व इद–उल–अजाहले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने मैले विश्वास लिएको छु ।’

    विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर अझै पनि नियन्त्रणमा आइनसकेको र अझै फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर इद मनाउन उपराष्ट्रपतिले आग्रह गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार