Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘पोर्न फिल्म’ बनाएको आरोपमा बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् पक्राउ


    मंगलबार, साउन ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। 

    सोमबार राती शेट्टीका श्रीमान राज कुन्द्रालाई मुम्बई पुलिसको क्राइम ब्रान्चले पक्राउ गरेको हो । 

    मुम्बई पुलिसका अनुसार कुन्द्रा अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐपमार्फत रिलिज गरेको आरोपमा पक्राउ परेका हुन् । 

    व्यापारीसमेत रहेका कुन्द्राविरुद्द गत फेब्रुअरीमा क्राइम बेञ्चमा एउटा उजुरी दर्ता भएको थियो। त्यसको अनुसन्धानका क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको मुम्बई पुलिसको भनाइ छ। 

    पुलिसका अनुसार मुम्बईमा कामको खोजीमा आउने सोझा सिधा केटीलाई यो कामका लागि फसाउने गरिएको छ । ठुलो फिल्ममा काम लगाउने बहानामा समेत अश्लिल फिल्ममा काम गराउने गरिएको छ । फिल्म बनेपछि मोवाईल ऐप तथा ओटीटी प्लेटफर्ममा रिलिज गरेर लाखौ कमाउने गरिएको छ  ।

    प्रहरीले यो घटनाको अनुसन्धान जारी रहेको बताएको छ । शिल्पा शेट्टी र राज कुन्द्राले भने पक्राउबारे कुनै प्रतिक्रिया जनाएका छैनन्।

    कुन्द्रालाई प्रहरीले आजै अदालतमा पेस गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार