Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकिङ कसूर मुद्दाका फरार दुई जना दोषीहरू पक्राउ


    सोमबार, साउन ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौंको टोखाबाट बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

    टोखा नगरपालिका–२ का ४८ वर्षीय मिलन डंगोल र कलंकीबाट काठमाडौं महानगरपालिका–२२ घर भई हाल वडा नम्बर १३ मा बस्ने ६३ वर्षीय देवनारायण महर्जनलाई सोमबार पक्राउ गरेको हो ।

    उनीहरु दुवैलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । डंगोललाई ७ दिन कैद र १५ लाख जरिवाना तथा महर्जनलाई ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो ।

    पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार