Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कक्षा १२ को परीक्षा कहिले ? के छ तयारी


    सोमबार, साउन ४ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा गराउने तयारी गरेको छ । 

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने भएपछि बोर्डले भौतिक उपस्थितिमा यही साउनको चौथो हप्तामा कक्षा १२ को परीक्षा गराउने तयारी गरेको हो । 

    सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र आएपछि औपचारिक रुपमा साउनको चौथो हप्ता परीक्षा गर्ने गरी परीक्षा केन्द्र, मिति तोक्ने र तालिका सार्वजनिक गर्ने तयारी बोर्डले थालेको छ । 

    करीब तीन लाख ८६ हजार विद्यार्थी कक्षा १२ को परीक्षाका लागि प्रतिक्षारत छन् । यसअघि गत जेठ २६ गते कक्षा १२ को परीक्षा गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।

    तर, कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी गरिएपछि स्थगित गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार