Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राेकिएन काेराेना संक्रमितहरु बढ्ने क्रम, २,४४५ जना संक्रमित थपिंदा ३२ जनाको मृत्यु


    सोमबार, साउन ४ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बितेको २४ घण्टामा नेपालमा थप २,४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१  जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ । 

    हालसम्म संक्रमित निको हुने दर ९४.७ प्रतिशत रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार