Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    सोमबार, साउन ४ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलाको २ सय रुपैयाले बढेको हो ।

    आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलामा ९२ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ९० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार