Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीन सरकारले नेपाललाई थप १६ लाख डाेज काेराेना खोप अनुदानमा दिने


    शुक्रबार, साउन १ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । छिमेकी देश चीनले नेपाललाई थप १६ लाख डाेज कोरोना खोप अनुदानमा दिने भएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।

    यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ ।

    प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच आज भएको भेटमा नेपाल-चीन सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार