Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • एनसेल र एमसीसीलाई नछाड्ने विप्लवको चेतावनी


    शुक्रबार, साउन १ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बहुचर्चित अमेरिकन कार्यक्रम मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एनसेललाई नछाड्ने चेतावनी दिएको छ।

    नेपाल र नेपाली जनताका लागि राष्ट्रघाती र जनघातीसिद्ध हुने प्रष्ट भएकाले एमसीसी कुनै हालतमा कार्यान्वयनमा ल्याउन नदिने र राज्यलाई कर तिर्नुपर्ने अर्बौं रकम नतिर्ने एनसेलाई कुनै हालतमा नछाड्ने नीति लिएको पार्टीले जनाएको छ।  

    प्रतिबन्ध फुकुवापछि असार २७ देखि २९ गतेसम्म जिल्लाको पुरानो सदरमुकाम उयदपुरगढीमा सम्पन्न औपचारिक बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले सो अडान कायम राखेको पार्टीले जनाएको छ।

    पार्टी निर्णय सार्वजनिक गर्न गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज तथा केन्दीय सदस्य बिबेक कुमालले राष्ट्रघाती कार्यक्रम एमसीसी र कर छली गर्ने एनसेलविरुद्ध अनवरत संघर्ष गर्ने तथा चुच्चे नक्शाको कार्यान्वयन तथा राष्ट्रियता र जनजीविकाको विषयमा पार्टी निरन्तर लागिरहने प्रतिबद्धता जनाए।  

    कुमालका अनुसार २ वर्षसम्मको प्रतिबन्ध फुकुवापछि बसेको खुल्ला र औपचारिक बैठकले बिभिन्न १५ बुँदे निर्णय पारित गरेको छ। जसमा नेपालमा संसदीय व्यवस्था असफल सिद्ध भईसकेकाले अव बिकल्पको खोजी गर्दा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने ठहर पार्टीले लिएको छ।

    नेकपाले एकीकृत जनक्रान्तिको संघर्षबाट संसदीय व्यवस्थाको बिकल्प खोज्दै सबै राजनीतिक दल संलग्न संयुक्त प्रगतिशील सरकार गठन गरी जनमत संग्रहमा जानुपर्ने धारणा पारित गरेको छ।  

    पार्टीको आगामी आन्दोलनको विषयमा पत्रकारहरुको जिज्ञासामा उनले ओली सरकारसँग सुरु भएको आफूहरुको वार्तालाई देउवा सरकारले निरन्तरता दिने नदिनेमा त्यो कुरा भर पर्ने उनले बताए। नागरिक दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार