Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • ओली सरकारले गरेका सरुवा उल्टिदै, एआईजी सरुवा कार्यान्वयन नगर्न निर्देशन


    बुधबार, असार ३० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । ओली सरकार गरेकाे एआइजीहरूको सरुवा उल्टने भएकाे छ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले एआइजीको सरुवालाई उल्टाउने तयारी गरेका छन् ।

    गत बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेकाे चार एआइजीको सरुवा र एकको पदस्थापलाई हालको सरकारले हेरफेर गर्न लागेको स्रोत बताएकाे छ ।

    गृह मन्त्रालयले तत्काल रमाना नदिन निर्देशन दिएको छ ।

    ओली सरकारले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) हरिबहादुर पाललाई हटाइए प्रद्युम्न कार्कीलाई पठाइएको थियो । उनी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए । प्रतिष्ठानको प्रमुखमा एआइजी विश्वराज पोखरेललाई पठाइएको थियो ।

    त्यस्तै, बिहीबार बढुवा भएका सहकुल बहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागको प्रमुखमा प्रशासन विभागका निरज बहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको थियो ।

     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार