Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्यार्थीहरुले आजदेखि पेट्रोल पम्प र ट्याङ्कर ठप्प पार्ने


    बुधबार, असार ३० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले आजदेखि सम्पूर्ण पेट्रोल पम्प र ट्याँकरहरु ठप्प पार्ने बताएका छन् ।

    पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूल्यबृद्धिको बिरोध गर्दै पाँच राजनीतिक दलनिकट विद्यार्थी संगठनले नेपाल आयल निगमका १२ वटा बिक्री केन्द्रहरु आजबाट बन्द गर्ने बिरोध कार्यक्रम यसअघि नै तय गरेका हुन् ।

    संगठनको बिरोध कार्यक्रममा सक्रिय तवरले सहभागी हुन सम्बन्धित भूगोल/जिल्लाका विद्यार्थी नेताहरुलाई अनेरास्ववियुले अनुरोध समेत गरेको छ ।

    आजदेखि बन्द गराउन खोजिएका बिक्री केन्द्रहरुमा धनगढी, दिपायल, नेपालगन्ज, सुर्खेत, दाङको तुलसीपुर, पोखरा, बुटवल, अमलेखगञ्ज, जनकपुर, बिराटनगर, झापा र वीरगन्ज रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार