काठमाडौं । जापानले कोभ्याक्स कार्यक्रममार्फत् नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोनाभाइरसविरूद्ध अक्सफोर्ड/अष्ट्राजेनेका भ्याक्सिन अनुदानमा दिने भएको छ ।
मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई अनुदानमा दिने घोषणा गरेका हुन् ।
जापानले अहिले घोषणा गरेअनुसारको खोप जुलाई महिनाभित्र पठाइने विदेशमन्त्री मोटेगीले बताएका छन् ।
मोटेगीले इन्डोनेसिया, ताइवान र भियतनामलाई पनि १०/१० लाख डोज कोरोना खोप उपलब्ध गराइन लागेको बताएका छन् । उनका अनुसार बिहीबार उक्त डोज खोप सम्बन्धित मुलुकमा पठाइनेछ ।