Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च अदालतद्वारा संसद विघटन बदर


    सोमबार, असार २८ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ ।

    विपक्षी गठबन्धनका १४६ जना सांसदले दायर गरेको रिटमा मागदाबी गरिएअनुसार फैसला गर्ने सन्दर्भमा ५ जना न्यायाधीश एकमत भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा सुनाएका छन् ।

    राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार