Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्याङ्जामा पनि कोरोनाको डेल्टा भेरियन्ट पुष्टि, थप सतर्कता अपनाउन आग्रह


    सोमबार, असार २८ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • स्याङ्जा । जिल्लाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । 

    स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषको नयाँ भेरियन्टको आशङ्कामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

    निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार उनीहरुमा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते काठमाडौँ पठाइएकामा स्याङ्जाका दुईसहित गोरखाको बारपाक सुलीकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया तीन महिला गरी पाँच जनामा नयाँ भेरियन्ट फेला परेको हो । 

    डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी सङ्क्रमित हुने भएकाले थप सचेतना अपनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । यसअघि नुवाकोटमा पनि सो भेरियन्ट फेला परेको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार