Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • रोकिएन विप्लव कार्यकर्ताको चन्दा आतंक, चन्दा नदिए बमले उडाइदिने धम्की !


    सोमबार, असार २८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । शान्तिपूर्ण राजनीतिमा आइसकेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता भने अझै धाकधम्की दिएर चन्दा असुली गर्दै हिडेको भेटिएका छन् । 

    नेकपाका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश बास्तोला चन्दा असुलीमा सक्रिय रहेको आरोपमा पक्राउ परेका छन् । कास्कीको रुपा गाउँपालिका ३ टाकन्जाका २६ वर्षे बास्तोला शनिबार पोखराबाट पक्राउ परेका हुन्। 

    बास्तोलालाई आपराधिक लाभ सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट आइतबार अनुमति लिई हिरासतमा राखी अनुसन्धान गराइने कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । प्रवक्ता हमालका अनुसार पक्राउ परेका बास्तोलाले चन्दा नदिए बमले उडाइदिने धम्की दिएर चन्दा असुल्दै हिडेको पाइएको छ। 

    उनकै भनाइमा बास्तोलाले चन्दा असुलीका लागि धाकधम्की दिएका थुप्रै उजुरी परेका थिए।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार