काठमाडाैं । सरकारले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने बिषयमा कुनै छलफल नभएको बताएकाे छ ।
आइतबार विज्ञप्ति जारी गर्दै पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले विभिन्न व्यक्तिबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नेपाल एयरलाइन्सको निजीकरण प्रक्रियाका सम्बन्धमा कुनै छलफल समेत नभएको मन्त्रालयले जानकारी दिएकाे छ ।
