जनकपुरधाम । जेठ २० देखि बेपत्ता भएकी महोत्तरीका सुजिता ठाकुरको शव गाडिएको अवस्थामा फेला परेको छ ।
महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २६ वर्षीया सुजिताको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको हो ।
सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा शव फेला परेको छ,’ देश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले भने ।’
तर शवको डीएनए परीक्षण गर्न बाँकी रहेकाे डीआईजी रञ्जितकारले जानकारी दिए । ‘शव फेला परेपछि यस विषयमा थप अनुसन्धान शुरु गरिएको छ’, उनले भने
सुजिताको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।