Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कलाकर्मीहरुको टोली कांग्रेसमा प्रवेश, देउवाले गरे स्वागत


    शनिबार, असार २६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । तीन बर्षअघि नेकपा एमालेमा आकर्षित भएका कलाकारहरु त्यस पार्टीमा ब्याप्त अन्तरकलहका कारण नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार ७० जना कलाकार कांग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कलाकारहरु पार्टी प्रवेश गरेका हुन् । नेकपा एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका कलाकारलाई सभापति देउवाले पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।

    एमाले परित्याग गरी काँग्रेस प्रवेश गर्नेहरुमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रेमबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्रकुमारी राई, कमलकुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा गरेका छन्  ।

    यस्तै कांग्रेस प्रवेश गर्ने कलाकारहरुमा आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारा छन् । 

    यसअघि कुनै पार्टीमा आवद्ध नभएका सुरेन्द्र केसी ‘मुलासाग’, महादेव त्रिपाठी जादुगर र मिलनकुमार श्रेष्ठले पनि काँग्रेसको सदस्यता लिएका छन् ।

    पार्टी प्रवेश कार्यक्रमा काँग्रेसको नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापा, महामन्त्रीद्वय शिवशंकर रिजाल ‘जोगिन्दर’ र रोशन केसीको सहभागिता रहेको थियो । नेपाल सांस्कृतिक संघ समन्वयमा कलाकारहरु काँग्रेस प्रवेश गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार