Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • एआईजीहरूको सरुवा, गृहसचिवसँगको द्वन्द्वले हरि पाल ७ महिनामै तानिए


    शनिबार, असार २६ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । सरकारले शुक्रबार गरेको नेपाल प्रहरीका चार एआइजीको सरुवा  र एकको पदस्थापनमा महानगरीय कार्यालयका प्रमुख हरिबहादुर पालमाथि अन्याय भएको छ । उनी ७ महिनामै महानगरीय कार्यालयबाट प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएका छन् । बरिष्ठ एआइजी पाललाई एक बर्ष पनि नपुगी महानगरीय कार्यालयबाट हटाउन गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने नै लागेको स्रोतको दाबी छ । स्रोतका अनुसार न्यौपानेलाई पालबिरुद्ध उकास्ने काम भने एक शक्तिशाली एसएसपीले गरेका हुन् । 

    एआइजी पालले महानगरीय प्रहरी कार्यालयमातहतका बृत्तका इन्चार्जहरुलाई प्रहरी आचरण बिपरीतका क्रियाकलापमा संलग्न भएकाले स्पष्टीकरण सोध्नेदेखि सचेत गराउने काम गरेका थिए । सबैभन्दा बढी गुनासो आएका प्रहरी बृत्त लैनचौरका डीएसपी दीपक खड्कालाई त उनले महनगरीय आयुक्त कार्यालयमै तानेका थिए । खड्काले कोरोना महामारीका कारण लागू भएको निषेधाज्ञाका क्रममा होटल, रेष्टुरेन्ट भित्रभित्रै संचालन गर्न दिएको गुनासो आएको थियो । उनको बारेमा पटक पटक गुनासो आएको र सचेत गराउँदा गराउँदै पनि नसुध्रिएपछि उनी तानिएका थिए ।

    त्यसैगरी कालिमाटी बृत्तका डीएसपी अपिल बोहराको बारेमा पनि धेरै गुनासो आएका थिए । तर उनलाई एआइजी प्रद्युम्न कार्कीको दबाबका कारण महानगरीय कार्यालयमा तान्नबाट रोकिएको थियो । गृहसचिव न्यौपानेको नाम लिंदै खड्का र बोहरामाथि कुनै पनि किसिमको एक्सन नलिन पालमाथि दबाब परेको थियो ।

    न्यौपानेको भान्जा दाबी गर्ने र प्रहरीका सरुवा बढुवामा चासो राख्दै मोलमोलाई गर्ने सुजन पौडेल खड्का र बोहराको बचाउमा सक्रिय रुपमा लागेका थिए ।  तिनै भान्जाहरुकै चलखेलका कारण पालको सरुवा कार्यविभागमा भएको चर्चा प्रहरीमा छ । कार्यविभाग प्रहरीमा आकर्षक मानिदैन । जिम्मेवारीका हिसाबले पनि अरु एआइजी प्रमुख हुनेजस्तो मानिदैन ।

     महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रद्युम्न कार्कीलाई सरुवा गरिएको छ । निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । बिहीबार एआइजी बढुवा भएका सहकुल थापालाई मानवस्रोत तथा प्रशासन विभागको पदस्थापन गरिएको छ । जुन विभाग आइजीपीसँग निकट एआइजीलाई दिने गरिन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार