Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चार घण्टापछि पृथ्वीराजमार्ग एकतर्फी


    शनिबार, असार २६ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो 

    दमौली। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

    पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ । पहिरो हटाएर राजमार्ग एकतर्फी सुचारु गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    शुक्रबार र आज वर्षा नभएपनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको बताइएको छ । ठूला ठूला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार