Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डायमण्ड ओभरसिजबाट युवाहरु ठगिए, कतारमा रोजगारीका लागि २ लाख असुलियो


    शुक्रबार, असार २५ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । बैदेशिक रोजगारमा ठगिने क्रम रोकिन सकेको छैन । कोरोना महामारीमा पनि देशमा रोजगारीका अवसर नभएपछि विदेशिनु बाध्यता छ । कोरोना महामारीमा बैदेशिक रोजगारमा जानेहरुसँग सरकारले तोकेको भन्दा बढी रकम सेवा शुल्कबापत लिने गरिएको छ । 

    बुद्धनगरमा रहेको डायमण्ड स्टार ओभरसिजले कतारको अल जबीर इन्जीनीयरीङ कम्पनीका लागि २०७७ चैत १८  गते इलेक्ट्रीसीयन, प्लम्बर र एसी टेक्निसियन  माग गरेको थियो । जम्मा १५० कामदार माग गरेकोमा सरकारले तोकेको शुल्क भन्दा तीन गुणा बढी रकम असुली गरेको छ । 

    कतारमा रोजगारीमा जाने श्रमिकसँग प्रतिब्यक्ति बढीमा ६० हजार रुपैयाँसम्म लिनुपर्नेमा २ लाख रुपैयाँ लिएको छ । ५३ जनासँग प्रतिब्यक्ति २ लाख रुपैयाँ असुलिसकेको छ । १७ जना युवाले २ लाख तिर्न नसक्ने भन्दै घटाइदिन अनुरोध गर्दा पनि एक पैसा पनि घटाउन नसकिने, भिसा क्यान्सिल गर्ने जवाफ दिने गरेको जानकारी डायमण्ड ओभरसिजका संचालक दिनेश राईले दिएको एक पीडितले जानकारी दिएका छन् । 

    बैदेशिक रोजगार विभागले तोकेको भन्दा बढी रकम लिएर बिदेश पठाउन लागेकोबारेमा संचालक राईले भने, ‘हामीले त्यति रकम लिएका छैनौं । सरकारले तोकेको शुल्कमात्र लिएका छौं । 

    राईले बढी रकम नलिएको बताए पनि युवाहरुले भने २ लाख लिएको गुनासो गरेका छन् । रकम लिएको बिल पनि म्यानपावरले दिएको छैन । रसिद माग्दा उल्टै म्यानपावरले थर्काएको उनले बताए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार