Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व बैंकले नेपाललाई थप १२ अर्ब ऋण दिने


    शुक्रबार, असार २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्व बैंकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि १२ अर्ब रुपैयाँ दिने भएको छ ।  

    विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि १० करोड डलर सहयोग गर्ने निर्णय गरेको हो । 

    सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५/५ करोड ऋण सहयोग गर्ने विश्व बैंकले दिने निर्णय गरेको हो । 

    नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार