Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दार्चुलामा पहिराेमा परी तीन जनाकाे मृत्यु


    बिहिबार, असार २४ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । दार्चुलाको नौगाड गाउँपालिकामा बाढी र पहिरो जाँदा तीन जनाको मृत्यु भएकाे छ । पहिरोमा च्यापिएर नौगाड गाउँपालिका–३ खार बस्ने २९ वर्षीय लक्ष्मण सितोली, ७२ वर्षीया गेउडी ठगुन्ना र उनकै तीन महिने नातनी मञ्जरी ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

    बाढीले बाढीले नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघुजलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको धामीले बताए ।

    बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा पानी घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको छ ।

    बुधबार रातिको अविरल वर्षाका कारण नौगाड गाउँपालिका–६ स्थित धुलिगडा गाउँमा पनि खानेपानीका मूलहरु, दुई वटा पानी घट्ट बगाउनुका साथै धुलिगडा स्वास्थ्य चौकी र नजिकका घरहरु जोखिममा परेका छन् ।

    घटनास्थलमा उद्धार कार्यका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । बर्खा शुरु भएसँगै जताततै बाढी र पहिरोको जोखिम बढेको छ । दार्चुलाका सबै स्थानीय तहका विभिन्न क्षेत्र बाढी, पहिरोको उच्च जोखिममा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार