काठमाडौं । काठमाडौंका छोटो दूरीको यात्राका लागि सजिला र भित्री गल्लीहरुमा चल्ने टेम्पु र निलो माइक्रो लामो समयपछि चल्न थालेका छन् ।
कोरोना देशभर आतंक मच्चाएपछि नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएसँगै यी सवारीका साधन पनि बन्द भएका थिए तर अब भने सावधानी अपनाएर चल्न थालेका छन् ।
सरकारले विभिन्न मापदण्ड बनाएर सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिएपछि निलो माइक्रो र तीन पाङ्ग्रे टेम्पुमा बीचमा प्लाष्टिक लगाएर बार लगाएको देखिन्छ ।
सरकारले सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, दोहोरो बस्ने सीट भएका सवारी साधनको बीचमा प्लाष्टिक राख्नु पर्ने मापदण्डमा उल्लेख गरिएको छ।
मास्क नलगाएका यात्रुहरुलाई गाडीमा नचडाउने, ढोकामा स्यानिटाइजर राख्ने, अनिवार्यरुपमा साना गाडीहरुको बीचमा प्लाष्टिक हाल्ने लगायतका मापदण्डहरु पालना गर्दै सार्वजनिक सवारीसाधनले काठमाडौंका सडकपेटीहरुको सोभा बढाएका छन् ।