Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापाका कैदीबन्दीले पठाए सिन्धुपाल्चोकका बाढी पीडितलाई नगद राहत


    बिहिबार, असार २४ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि रु ५० हजार १०० नगद पठाइदिएका छन् ।

    वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले सो नगद रकम कैदीबन्दीले पठाइदिएका हुन् ।

    “परिस्थितिले हामी जहाँ रहे पनि जस्तो रहे पनि मानवीय संवेदना हुनुपर्छ”, कारागार झापामा कैदीबन्दीतर्फको आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबेले भने, “सिन्धुपाल्चोकका बाढी पीडितको पीडामा मलमपट्टि पुगोस् भनेर हामीले एक दिनको छाक कटाएर सहयोग पठाएका हौँ ।” कैदीबन्दीले जम्मा गरेको रकम बुधबारै पालिकाको विपद् राहत कोषको खातामा जम्मा गरिदिएको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र गौतमले बताए ।

    कारागारमा ७६ महिला र एक हजार १४६ पुरुष कैदीबन्दी रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार