काठमाडौं । एमालेमा योगदान अनुसारको अवसर नपाई मृत्युबरण गरेका पशुपति चौलागाईलाई उनी सेयरधनी रहेको मनमोहन अस्पतालले नै अमानवीय ब्यवहार देखाएको छ । स्व. चौलागाई कोभिड संक्रमित २०७८ बैशाख तेस्रो साता मनमोहन अस्पताल भर्ना भएका थिए । उनी मनमोहन अस्पतालमा ५ दिन सामान्य शैया(बेड)मा र ३ दिन आइसीयुमा बसेका थिए । समयमै भेन्टिलेटरमा नराखेका कारण उनको मृत्यु हुन गयो । उपचारकै क्रममा उनको २०७८ बैशाख २८ मा निधन भयो ।
चौलागाईको निधन भएपछि मनमोहन अस्पतालमा वीमा दाबीका लागि उनका छोरा सुमन चौलागाई मृत्युको प्रमाणपत्र लिन जाँदा मनमोहन अस्पतालले करिब ४ लाख रुपैयाँ बराबरको बिल थमायो । त्यो बिल भुक्तानी नगरेसम्म मृत्युको प्रमाणपत्र नदिएपछि सुमनले खोजखाज गरेर तिरेका थिए ।
स्व. चौलागाई बिरामी भएपछि सधैं उपचारका लागि आफ्नो सेयर रहेको मनमोहन अस्पतालमै जाने गरेका थिए ।
कोभिड संक्रमित भएपछि पनि उनलाई परिवारले अर्कै अस्पतालमा भर्ना गर्न खोज्दा उनले नै मनमोहन अस्पतालमै जाने भनेपछि लगिएको थियो । तर मनमोहनले उनको उपचार त राम्रेसँग गरेन नै, उल्टै मृत्युपछि ३ दिन आइसियुमा राखेको ४ लाख बिल थमाएर शोकाकुल परिवारलाई थप मर्माहत पार्ने काम गरेको छ । मनमोहन अस्पतालका अध्यक्ष एमालेका नेता राजेन्द्र पाण्डे हु्न् । चौलागाई र पाण्डे दुवै बागमती प्रदेशसभाका सांसद हुन् ।