Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निको हुने भन्दा संक्रमितको संख्या धेरै, थप २८ जनाको मृत्यु


    बुधबार, असार २३ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २,९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ९८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार मुलुकभरमा ७,८३५ जनाको पिसिआर परीक्षणबाट २,०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४,०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनामा पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,३३३ जना संक्रमणमुक्त भएका छन् भने २८ जनाको काेराेनाका कारण ज्यान गएको छ । 

    अहिले देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ७ सय ५६ छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा २ हजार ७ सय ८८ छन्।  ५ सय ७१ आइसियू र १६१ भेन्टिलेटरमा उपचाररत् छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार