काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले बढेको हो ।
मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य बढेर तोलाको १ हजार ३ सय २० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।