Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  प्रहरीको हलमा एसी नचले पनि ठेकेदारलाई भुक्तानी दिने तयारी


    बुधबार, असार २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय हाताभित्र निर्माण भएको अडोटोरियम हलमा जडान गरिएको एयर कन्डिसनर (एसी) एक बर्ष नपुग्दै बिग्रिए पनि भुक्तानी दिन लागिएको छ । नेपाल प्रहरीले टेण्डरमा जापानीज कम्पनी डाइकिनको एसी मागेको भए पनि आपूर्तिकर्ताले भारतीय भोल्तास कम्पनीको एसी जडान गरेको थियो ।

     नेपाल प्रहरीले टेण्डर डकुमेन्टमा जापानिज कम्पनीकै स्पेसिफिकेसन तयार गरेको थियो । तर आपूर्तिकर्ताले नेपाल प्रहरीको प्राविधिक निर्देशनालयका डीआइजी लोकेश सिंह र एसपी रामकुमार चौधरीसँग सेटिङ गरी भोल्तास कम्पनीको कमसल एसी जडान गरेको थियो । जसका कारण एसी संचालनमै आउन सकेको छैन । टेण्डर डकुमेन्ट अनुसार एसी जडान नगरे पनि प्रहरीले भुक्तानी दिन लागेको छ । असार अन्तिम भएकाले एसीले काम नगरे पनि भुक्तानीको प्रक्रिया प्रशासन विभागले अगाडि बढाएको छ । उक्त एसी एक करोड रुपैयाँ बराबरको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार