Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वराजा शाह ७५ औं वर्षमा प्रवेश


    बुधबार, असार २३ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट ७५ औं वर्षमा प्रवेश गरेका छन् । 

    वि.सं. २००४ असार २३ गते पुरानो नारायणहिटी राजदरबारमा जन्मिएका शाह दुईपटक नेपालको राजा भएका थिए । उनी नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्। 

    विसं २००७ सालमा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकले पहिलो पटक उनलाई राजा बनाएका थिए भने पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भए ।

    यसअघि पूर्वराजा शाहले आफ्नो जन्मोत्सव निर्मल निवासमा मनाउने गरेपनि कोरोना महामारीपछि भने रोकिएको छ। शाहलाई जन्मदिनको अवसरमा सामाजिक संजालहरुमा राजनीतिज्ञदेखि उनका शुभचिन्तकहरुले शुभकामना ब्यक्त गरेका छन्। 

    पछिल्लो समय कोरोना भाइरस संक्रमण पश्चात् निको भई अस्पतालबाट डिस्चार्ज भएका शाह दम्पतिले केही समयअघि देशबासीको नाममा सम्बोधन गर्दै राजनीतिक दल र सरकारले महामारीको समयमा उचित कदम चाल्नुपर्ने बताएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार