काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । मूल्य बृद्धी गरेको दुई साता पनि नबित्दै निगमले आज (मंगलबार) फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बाट लिटरमा २ रुपैयाँ बढाएर १२९ पुर्याएको छ । डिजेल र मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।
त्यसैगरि हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि गरेर १४ सय २५ रुपैयाँ पुर्याएको छ ।
