Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • मल नल्याउने शैलुङ इन्टरप्राइजेजसहित १५ निर्माण ब्यवसायी कालोसूचीमा 


    मंगलबार, असार २२ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले गतबर्ष मलको ठेक्का पाएर पनि समयमा आपूर्ति नगर्ने शैलुङ इन्टरप्राइजेजसहित  १५ निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ ।  कालोसूचीमा राखिएका कम्पनीमा निर्माण ब्यवसायीका अलावा आपूर्तिकर्ता पनि छन् ।

    कालोसूचीमा राखिएको शैलुङ इन्टरप्राइजेज नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको हो । उनले गतबर्ष मल आयात गर्ने ठेक्का पाएर पनि ल्याउन नसकेपछि तत्कालीन कृषि मन्त्री घनश्याम भूसालले कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका थिए । अधिकारीले ठेक्का पाएर पनि समयमा मल आपूर्ति नगर्दा गतबर्ष किसानले समयमा मल पाउन सकेनन् ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । बाँकी १२ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएपछि त्यस अवधिभर यी कम्पनीले कुनै पनि बोलपत्रमा भाग लिन पाउँदैनन् ।

    शारदा अधिकारीको शैलुङ कन्ष्ट्रक्सनले धेरै ठाउँका सडकको ठेक्का लिएर समयमा सम्पन्न नगरेकोमा पोल पोलमा तस्वीर राखेर बिरोध भएको थियो । 

    कानोसूचीमा राखिएका कम्पनीहरु

    blacklist.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार