काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दुई जना उपप्राध्यापकलाई आफूखुशी विद्यार्थीलाई नम्बर दिएको र प्रश्नपत्र बाहिर्याएको भन्दै बर्खास्त गरेकाे छ ।
ईञ्जिनियरिङ संकाय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्तलाई बर्खास्त गरिएको हो ।
यादवमाथि आफूखुशी विद्यार्थीलाई नम्बर दिएको आरोपमा बर्खास्त गरिएको हो भने पन्तलाई प्रश्नपत्र बाहिर्याएको भन्दै बर्खास्त गरिएको छ ।
आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको भन्दै उनीहरूलाई बर्खास्त गरिएकाे स्राेतले बताएकाे छ ।
यादव स्थायी हुन् भने पन्त करार सेवामा थिए ।
विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले आफूखुसी नम्बर दिएको छनविन कमिटीको निष्कर्ष थियो ।
स्ट्रकचरल ईञ्जिनियरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापकले आफूखुसी नम्बर दिएको पाइएको छानविन समितिले भनाइ छ।
प्रयोगात्मक परीक्षा ४० पूर्णाङ्कको हुन्छ। उक्त परीक्षामा सहभागी १३ जना विद्यार्थीलाई सबै नम्बर दिएको पाइएको छ। कन्सट्रक्सन म्यानेजमेन्टका चार वटै विषयमा पनि विद्यार्थीहरुलाई ३४ देखि ३७ नम्बर दिइएको छ।