Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वायुसेवा निगम हिमालयन एयरलाइन्सलाई बिक्री गर्ने तयारी


    सोमबार, असार २१ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल वायुसेवा निगम हिमालयन एयरलाइन्सलाई बिक्री गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न लगाएका छन् ।  नेपाली कांग्रेसले २०४८ देखि २०५८ सम्म उदार अर्थतन्त्रको दुहाई दिंदै हरिसिद्धि इटा टायल कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना, नेपाल ल्यूब आयल कम्पनी कौडीको मूल्यमा बिक्री गरी ठूलो भ्रष्टाचार गरेको भन्दै २०७४ सालको चुनावमा राष्ट्रिय उद्योगलाई संरक्षण गर्ने नारा दिएको एमालेले नै हवाई माफियाको चंगुलमा परी ८० अर्बको सम्पत्ति भएको  निगम चलअचल सम्पत्ति ५० अर्बमात्र मूल्यांकन गरी यति होल्डिङ्स कम्पनीको हिमालयन एयरलाइन्सलाई बिक्री गर्न लागेको छ ।  

    गोकर्ण रिसोर्टदेखि नेपाल ट्रष्टका बहुमूल्य जग्गा, निकुन्जमा हाइड्रोपावर निर्माणको अनुमति दिएको केपी ओली नेतृत्वको सरकारले पछिल्लो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम बिक्री गर्न लागेको हो ।  

    महाप्रबन्धक डिमप्रकाश  पौडेलले वैशाख १६ पछि लागु भएको निषेधाज्ञाको अवधिमा कर्मचारीलाई सुइँको नै नदिई निगम निजीकरण गर्नका लागि कम्पनीकरणको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छन् । उनले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्नका निम्ति कम्पनी प्रबन्धपत्र बनाई सरकारलाई बुझाइसकेका छन् । स्थापनाकालदेखि नै स्वायत्त संस्थाका रुपमा सञ्चालित रहँदै आएको निगम विगत केही वर्षदेखि व्यवस्थापकीय असक्षमता र हवाई माफियाको इशारामा धरासायी हुँदै गएको छ ।

     असक्षम व्यवस्थापक र हवाई माफियाले निगमलाई धरासायी बनाएर एयरलाइन्सका आन्तरिक उडानमा प्रयोग हुने जहाजहरुलाई भूमिस्थ (ग्राउण्डेड) गर्ने निर्णय गरेका छन् । जसका कारण निगमको आन्तरिक उडानलाई शून्यको अवस्थामा पु¥याइएको छ । हिमालयन एयरलाइन्सलाई निगम बिक्री गर्नकै लागि निगमको आन्तरिक उडानलाई सून्य बनाइएको कर्मचारीहरुको भनाइ छ । कोरोनाका कारण निषेधाज्ञा लागू भएको बेला भएका चार्टड उडानमा पनि पर्यटन मन्त्रालयले निगमका जहाजलाई प्राथमिकता नदिई कमिसनको खेलमा कतार एयरलाइन्स, टर्किस एयरलाइन्सजस्ता प्राइभेट एयरलाइन्सका विमानलाई बढी प्राथमिकता दिएको छ । 

     निगमका महाप्रबन्धक पौडेलले भइरहेको संगठनात्मक संरचना (ओएनएम) लाई मनोमानी तरिकाले कटौती गरी निगमको व्यापार क्षेत्रसमेत संकुचित बनाएर बन्दको स्थितिमा पु¥याएको आरोप छ । महाप्रबन्धक पौडेलले आफ्नो तलब ३ सय प्रतिशतले बढाएर कर्मचारीको भत्ता कटौती गरी मनोबल घटाउने काम गरेकोमा निगममा कार्यरत कर्मचारीका तीनैवटा टे«ड यूनियनले विरोध गरेका छन् ।

    निगममा कार्यरत तीनवटै टे«ड यूनियनले २०७८ असार १८ मा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महाप्रबन्धकको तलब ३ सय प्रतिशतभन्दा बढी बढाउने तर कर्मचारीको भत्ता कटौती गर्ने कार्यले मनोबल घटाउने काम गरेको ठहर गरेको छ । सञ्चालक समितिले हालै नेपाल वायुसेवा निगमलाई कम्पनी मोडेलमा सञ्चालन गर्नका निम्ति प्रबन्धपत्र बनाई सरकारलाई बुझाएको कुरातर्फ तीनवटै ट्रेड युनियनले बिरोध जनाएका छन् ।

    तीनवटै ट्रेड युनियनका तर्फबाट निकालिएको प्रेस विज्ञप्तिमा उल्लेख छ–‘२०७६ फागुन ८ गतेका दिन नेपाल वायुसेवा निगम सञ्चालक समितिद्वारा निगम ऐन २०१९ को भावना र मर्मविपरीत क्षेत्राधिकारलाई समेत ख्याल नगरी निगमलाई कम्पनीको रुपमा सञ्चालन गर्न सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने भनी गरिएको निर्णयको मसी सुक्न नपाई फेरि पनि अध्यक्ष नभएको अवस्थामा अत्यन्त खेदजनक, अदूरदर्शी र पूर्ण सरकारी स्वामित्वको निगमलाई निजीकरण गर्ने निर्णय बद्नियतपूर्ण छ । निगममा क्रियाशील तीनवटै संगठनहरुले निगम निजीकरण गर्ने निर्णयका विरुद्धमा जस्तोसुकै बलिदानीपूर्ण कदम चाल्ने चेतावनी पनि व्यवस्थापनलाई दिएका छन् ।

    राष्ट्रिय ध्वजावाहक निगम निजीकरण गर्न प्रधानमन्त्री केपी ओली नै अग्रसर भएको आरोप छ । महाप्रबन्धक पौडेलले प्रधानमन्त्री ओलीकै निर्देशनमा कम्पनीकरण गर्ने गरी निगम सञ्चालक समितिको असार १४ को बैठकबाट प्रबन्धपत्र पारित गराएको बताउँदै हिँडेका छन् । निगमका महाप्रबन्धक पौडेलले निगम निजीकरण गर्न लागेको कुरा गलत भएको बताए । कर्मचारीहरुले बुझ्दै नबुझी तालाबन्दी गरेको उनको भनाइ छ । पौडेलले लुकाउन खोजे भने पनि निगम सञ्चालक समितिको १४ गतेको बैठकबाट प्रबन्धपत्र पारित गरी निजीकरणको प्रक्रिया सुरु गरिएको पत्र नै सार्वजनिक भएको छ ।

    नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले कर्मचारीको भत्ता कटौती गरी आफ्नो तलब भने ३ सय प्रतिशतभन्दा बढी वृद्धि गरेका छन् । निगमका आर्थिक संकटको बहानामा बाह्य स्टेशनमा कार्यरत कर्मचारीहरुको भत्ता कटौती गरिएको छ । कर्मचारीको मनोबल गिराउने तर आफ्नो तलब भने ३ सय प्रतिशत बढाउने महाप्रबन्धक पौडेलको कार्यशैलीको निगमका कर्मचारीहरुले विरोध गरेका छन् ।

    निगममा कार्यरत तीनवटै ट्रेड युनियनको विज्ञप्ति

    NAC.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार