Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चको फैसला आएपछि निर्णय लिन्छौं, तयार रहनुस् : प्रधानमन्त्री


    शनिबार, असार १९ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा एमाले भित्र विवाद चर्कदै गइरहेको बेला प्रधामन्त्री  केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलनमा जान पर्ने हुनाले पार्टीपंत्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

      बालुवाटारमा आज बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यक देखिंदै गएको उनले बताए ।

    ‘एमाले र एमाले सरकारविरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन् । हाम्रै पार्टीका साथीहरु पनि एमालेलाई सिध्याउन लागिपर्नु भएको छ,’ ओलीले भने, ‘यो षडयन्त्रलाई चिर्नका लागि हामीले आन्दोलनका मैदानमा पनि जान पर्ने अवस्था आउन सक्छ ।’

    आफूलाई त्यस्तो परिस्थित बन्दै गएको आभाष भइरहेको बताउँदै उनले सिङ्गो पार्टीपंत्तिलाई तयारी अवस्था राख्नुपर्ने जिकिर गरे । पार्टीको विभिन्न मोर्चामा रहेका नेताहरुलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन ओलीले निर्देशन समेत दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार