Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • रोल्पामा  चट्याङले दुई जनाको मृत्यु 


    बिहिबार, बैशाख २५ २०७७
    905
    Shares
  • १ मिनेट पाठ
  • रोल्पा, २५ बैशाख ।  बिहिबार रोल्पामा  चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

     मृत्यु हुनेमा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं.२ सिर्प निवासी ४० वर्षीय चित्र पुन र ६३ वर्षीय भीमबहादुर विक रहेका छन । 

    रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरूङका अनुसार बिहान साढे ८ बजेतिर चट्याङले लागेर उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

    ‘उहाँहरू दुबै जनाको घर तलमाथि छ, दुबै जना बाहिर निस्केको समयमा चट्याङले लागेर मृत्यु भएको हो,’ डिएसपी गुरूङले भने।

    उनीहरू दुबै जना घर बाहिर निस्केको समयमा चट्याङले हानेको भए पनि उनीहरूको बीचको घरका मानिसहरू भने सकुशल रहेको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार