Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सीसीएमसीको प्रस्तावमाथि छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन हुन सक्ने !


    सोमबार, बैशाख १३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषदको बैठक आज साँझ बस्ने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो ।

    आजको बैठकमा कोभिड संक्रमणको जोखिम बढिरहेका बेला रोकथामका लागि सरकारले चाल्ने थप कदमबारे छलफल हुने बालुवाटार स्रोतले बताएको छ।

    यसअघि हिजो (आइतबार) उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि  कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। सीसीएमसीको सो सिफारिसमाथि बैठकमा छलफल हुनेछ ।

    त्यस्तै, सीसीएमसीले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।  यस्तै पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र  (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।

    कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्ने काठमाडौंलगायतका शहरी क्षेत्रमा चलिरहेको परिक्षाहरु पनि सबै स्थगित गर्न र संक्रमणबाट बच्न स्वास्थ्यका  नयाँ मापदण्डहरु सिफारिस गरेको छ ।

    अध्यक्ष पोखरेलका अनुसार सरकारले देशभर एकैपटक लकडाउन नगर्ने नीति लिएको छ । यसबाहेक संक्रमण नियन्त्रणका प्रभावकारी उपायबारे छलफल गरी केही क्षेत्रमा थप कडाई र केही सेवा क्षेत्र नियन्त्रित रुपमा चलाउने निर्णय हुन सक्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार