Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • संख्या पुगेकै दिन ओलीविरूद्ध अविश्वास प्रस्ताव आउँछ


    आइतबार, बैशाख १२ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध अविश्वास प्रस्ताव संख्या पुगेकै दिन ल्याउने कांग्रेसले बताएकाे छ ।

    ओली नेतृत्वको सरकारविरूद्ध अविश्वास प्रस्ताव बारे पहल भएपनि पारित हुने संख्या पुगिनसकेको कांग्रेसले बताएकाे छ ।

    यसबारे आज बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा छलफल भएपनि कुनै ठोस निर्णय भने नभएकाे स्राेतले बताएकाे छ । 

    स्राेतका अनुसार प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा माग गर्ने र कांग्रेस नेतृत्वमा सरकार बनाउने पार्टी निर्णयअनुसार पहल जारी छ।

    संख्या नपुगी अविश्वास प्रस्ताव ल्याउदा पारित भएन भने पछि एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने भएकाले अल्पसंख्यामै अघि बढ्न नहुने स्राेतकाे भनाइ छ ।

    कांग्रेसले नयाँ सरकार बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेतासँग छलफल पनि गरेको थियो।

    माओवादीले ओली सरकारको विकल्पमा कांग्रेसलाई समर्थन गर्ने जनाए पनि जसपाले निर्णय दिइसकेको छैन। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार