काठमाडौंं । कोरोना महामारीले भयाबह रुप लिंदैछ । बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृत्यु भएको छ । सरकारले कोभिड–१९ महामारीको दोस्रो लहर शुरु भएको भनेर बैशाख ६ गतेबाट प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरेको छ । तर ती ब्यवस्थाहरु सरकार आफैं उल्लंघन गर्न तल्लीन छ ।
प्रधानमन्त्री केपी ओलीले बैशाख ७ मा बालुवाटारमा भव्य पूजाआजा गरे । वैदिक अनुष्ठानसहित पूजा गरेर राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति चितवनको देवघाट पठाउने कार्यक्रममा सयौंको उपस्थिति थियो । कोरोना महामारीमा आफैंले लागू गरेको २५ जनाभन्दा बढी भेला हुन नपाउने ब्यवस्था प्रधानमन्त्री ओलीले उल्लंघन गरे । सामाजिक दूरी कायम गर्ने, ५ जना भन्दा बढी भेला नहुने जस्ता मापदण्ड पालना गराउनुपर्ने सरकार नै सयौं हजारौको भीड जम्मा गरी कोरोना संक्रमण फैलाउन उद्यत भएको छ ।

काठमाडौंबाट चितवनको अयोध्याधाममा रामसीताको मूर्ति पठाउँदा त्यहाँ पनि हजारौंको भीड जम्मा गरी कोरोना महामारी रोक्नका लागि लागू गरिएको मापदण्ड उल्लंघन गरियो ।
आज धरहरा उद्घाटन पनि प्रधानमन्त्री ओलीले भर्चुअल गर्नसक्थे । तर उनले तामझामसहित उदघाटन गरी कोभिड–१९ का बिरुद्ध लागू गरिएका प्रतिबन्धात्मक ब्यवस्था उल्ल्रघन गरेका छन् । बालुवाटारबाट सुरु नै नभएका सडक, अस्पताल स्वीच थिचेर शिलान्यास गर्ने ओलीले धरहरा उदघाटनमा भने उनकै शब्दमा भन्दा भीड जम्मा गरी तमासा देखाउन लागेका छन् ।
त्यसो त एक बर्षअघि कोरोना महामारीमा पनि तत्कालीन नेकपाको बहुमतले उनको राजीनामा माग्दा आफूनिकट विद्यार्थी संगठनका नेतालाई सरकारको समर्थनमा सडकमा नाराबाजीमा उतारेका थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend