Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड र ओलीको फोनवार्ता, प्रचण्डलाई फेरि फकाउँदै ओली


    बिहिबार, बैशाख ९ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार नेता माधवकुमार नेपालसँग भेटवार्ता गरे लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग फोनवार्ता गरेका छन् ।

    ओलीले प्रचण्डलाई एमाले र माओवादी केन्द्र मिलाउन फकाएकाे हुनसक्ने अनुमान लगाए पनि फोनवार्तामा के कुरा भएकाे हाे भन्ने खुलेकाे छैन । नेकपा विघटनपछि प्रचण्डलाई ओलीको यो चौंथो फोन हो।

    नेकपा एमालेभित्र विवाद चर्कीरहेकाे बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भएको भेटवार्ता सकारत्मक रहेको स्राेतले बताएकाे छ ।

    बुधबारको वार्तामा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता नदिने तर गल्ती महसुस गरेर आए काम गर्ने अवसर दिइने बताएका थिए।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार