निर्मल बाबु लामिछाने / काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता बिष्णु रिजालले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएकोमा आस्चर्य प्रकट गर्दै हास्याँस्पद शैलीमा टिप्पणी गरेका छन्।
नेता रिजालले आफुले माओवादीको उक्त निर्णय नबुझेको भन्दै यो निर्णय हो कि अनिर्णय हो भन्दै प्रश्न समेत गरेका छन्।
बुधबार माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएपश्चात् सामाजिक सञ्जालमार्फत् नेता रिजालले यस्तो प्रकट गरेका हुन्।
ट्वीटरमा उनले सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन नसकेको भन्दै यही संसदबाट बैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट भएको उल्लेख गरेका छन्।
‘माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएछ । मैले नबुझेको- वस्तुत: यो निर्णय हो कि अनिर्णय ? जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट बैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन र?’ उनले ट्वीटमा उल्लेख गरेका छन्।
रिजालको यस भनाइबाट यो कुराको स्पष्ट हुन्छ कि सिङ्गो पार्टीले समर्थन फिर्ता लिन नसक्दा एकजना व्यक्तिले मात्र यति ठुलो निर्णय गर्न कसरि सक्लान् र ?

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend