Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘ओलीको दर्शन गरेका नेपाल र भट्टराई एकता हुने आशामा मक्ख !’


    बिहिबार, बैशाख ९ २०७८
    975
    Shares
  • २ मिनेट पाठ
  • निर्मल लामिछाने / काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका युवा नेता एवं सचिव योगेशकुमार भट्टराई बुधबार अपराह्न एक्कासी प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको समाचार आयो  । 

    सामाजिक संजालमा भट्टराईले माधव नेपाल र झलनाथ खनाल  समूह छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको  कतिपयले टिप्पणी समेत गरे । 

    तर एमालेको एकतालाई अक्षुण्ण राख्न निरन्तर प्रयास गर्दैआएका भट्टराई पार्टी अध्यक्ष ओलीसँग पार्टी विभाजन रोक्ने उपायका बारेमा छलफलका लागि गएका थिए भन्ने बुझिन्छ। 

    नेता भट्टराईले पार्टी अध्यक्ष ओलीसँगको भेटपछि नेता माधवकुमार नेपालसँग भेटघाटको अवस्था सिर्जना गरेका थिए। त्यसलगत्तै बेलुका अध्यक्ष ओली र नेता नेपालबीच होटेल म्यरियटमा भेटवार्ता सम्पन्न भएको थियो। 
     
    यसैबीच, दुई नेताहरुको वार्ता र भट्टराईको सक्रिय प्रयासलाई लिएर लेखक खगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमार्फत् टिप्पणी  गरेका छन्।

    पछिल्लो समय राजनीतिक दलका नेता र दलको अवस्थालाई नजिकबात नियाल्दै आएका संग्रौलाले ट्वीटरमा ओली र नेपालको स्वभावका बारेमा खुलासा गरेका छन्। 

    संग्रौलाको भाषामा भन्ने हो भने, अध्यक्ष ओली बिरालो र नेपाल मुसा रहेका छन्। ओलीले नेपाल र नेपाल पक्षका नेताहरु भट्टराईलगायत अन्यलाई भुल्याउने, झुलाउने, जिल्ल्याउने र खुइल्याउने गर्ने गरेको संग्रौलाको खुलासा गरेका छन्।  

    उनले लेखेका छन्, ‘स्वभावमा ओली सर बिरालो हुन्,माधव आदि मूसा हुन् । भुल्याउने, झुलाउने, जिल्ल्याउने र खुइल्याउने सुरले ओली सरले माधव र योगेशलाई आज दर्शन दिएछन्। क्याप्प समात्नु, पलभर छाड्नु, फेरि समात्नु, फेरि छाड्नु र अन्त्यमा ज्यान लिनु त बिरालाको धर्मै हो । मूसा माधव-योगेश एकता हुने भो भनेर मक्ख !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार