Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीको स्थायी समितिको बैठक आज पनि, ओली सरकारलाई दिएको समर्थन होला त फिर्ता ?


    बुधबार, बैशाख ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ सरकार गठन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै छ। 

    दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

    बैठकमा समसामयिक राजनीति, संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको आगामी योजनाबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताएका छन् ।

    यद्यपी बैठकमा मुख्यगरी सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने माओवादी नेताहरुकै दाबी छ ।

    पछिल्लो समय माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयास गरिरहेको छ । यद्यपी नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार