काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ ।
पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधिपद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले लगाउँदै आएको छ । नेपाल समूह आफंै पार्टी फुटाउने गृहकार्यमा जुटेको आरोप ओली पक्षको छ ।
कसले फुटाउँदै छ एमाले ?
स्रोतका अनुसार ओलीले नेपाल समूहका नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल समूहले नयाँ दल दर्ता गर्ने गृहकार्य अघि बढाएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता, चुनाव चिह्न के राख्नेबारे आफू निकटका नेतासँग छलफल सुरु गरेको स्रोतको दाबी छ ।
‘पार्टी प्रमुख केपी ओलीले छानीछानी नेपाल समूहका नेतालाई कारबाही गर्न थालेपछि अर्को विकल्पको खोजी सुरु भएको हो । अब नयाँ दल दर्ता गरेर आगामी निर्वाचनमा सहभागी हुनेगरी संगठन निर्माणमा जुटछौं,’ एमाले स्रोतले भन्यो, ‘यदि केपी ओलीले आफ्नो गतिविधिमा सुधार गर्नुभएन भने नयाँ दल दर्ता गराउँछौं ।’
पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्ने र उपयुक्त चुनाव चिह्नको खोजी भइरहेको एमाले स्रोतले जनाएको छ । चुनाव चिह्न राख्ने विषयमा नेताले विभिन्न सुझाव दिइरहेका छन् । नयाँ दल दर्ता भए पनि माओवादी केन्द्रसँग पार्टी एकीकरण नहुने तर कार्यगत एकता गरेर अघि बढ्न सकिने सो समूहका नेताले बताए ।
सांसदमाथि कारबाही थालियो
पार्टी विधानविपरीत पार्टी र सरकारविरुद्ध अराजक गतिविधि मच्चाएको, अनुशासनहीन क्रियाकलाप गरेको र नयाँ दल गठनमा अगुवाइ गरेको भन्दै ओली समूहले नेपाल समूहका प्रतिनिधि सभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई मंगलबार स्पष्टीकरण सोधेको छ ।
नेपाल समूहका नेतालाई स्पष्टीकरण सोधिएपछि मंगलबार नै बानेश्वरको अर्याल होटलमा बसेको सो समूहको आकस्मिक बैठकले स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ । स्पष्टीकरणको जवाफ दिने र पार्टीभित्रको अन्तरसंघर्ष जारी राख्ने निर्णय गरेको नेता झपड रावलले बताए ।
छलफलमा स्पष्टीकरणको बेहोराबारे छलफल भएको र पूर्वतयारीका साथ स्पष्टीकरण आएको आफूहरूको ठहर रहेको उनले बताए । तोकिएको समयभित्रै उचित जवाफ दिने आफूहरूको तयारी रहेको रावलले जानकारी दिए ।
महाधिवेशनले चयन गरेको अध्यक्ष ओली भएको भन्दै महाधिवेशनको उद्देश्य, पार्टी र विधानविपरीतको काम आफूहरूले नगरेको तर्क गरे । सर्वोच्चको निर्णयअनुसार एमालेलाई पूर्ववत अवस्थामा फर्काउनुपर्छ भन्दा पार्टी विभाजनतर्फ लागेको भन्ने आरोप लगाउनु तर्कसंगत नभएको रावलले बताए ।
नेपाल समूहका सांसद झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, झपट रावल, योगेश भट्टराई, पवित्रा निरौला, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, भवानी खापुङ, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, पुष्पाकुमारी कर्ण, रामकुमारी झाँक्री, हिराचन्द्र केसी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधिएको छ ।
यसैगरी कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेपाल समूहका प्रदेश सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्बरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले ती नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । राजधानी दैनिकबाट
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend